नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव पाण्डेले दिए राजिनामा
वि.सं.२०८१ चैत ८ शुक्रवार १४:०४
shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् ।
पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारी नलिने मनसाय नरहेको उल्लेख छ ।
































