तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धन मूल्य अत्यधिक बढ्दा सेवा बन्द गर्नुपर्ने अवस्था

221
shares

काठमाडौं । आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धन मूल्य अत्यधिक बढ्दा सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघले वायुसेवा कम्पनीहरूलाई राहत र सहुलियत दिन माग गरेको छ ।संघले लेखेको पत्रमा विश्वभरि फैलिएको कोरोना भाइरस, २३ र २४ भदौको जेनजी आन्दोलन र अहिले मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका कारण हवाई इन्धन मूल्य अत्यधिक बढेको उल्लेख छ ।

इन्धन मूल्य बढेसँगै सदस्य वायुसेवा कम्पनीको उडान खर्च पनि अत्यधिक वृद्धि भएको र नेपाल आउने पर्यटक संख्यामा समेत उल्लेखनीय कमी आएको पत्रमा उल्लेख छ ।यसका कारण वायुसेवा कम्पनीहरूले प्रतिदिन ठूलो आर्थिक संकटमा परिरहेको र आफ्नो सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै ध्यानाकर्षण गराएका छन् ।वायुसेवा कम्पनीको सञ्चालन खर्चमा अहिलकोे हिस्सा ५५–६० प्रतिशत पुगेको र कम्पनीको व्यापारमा उल्लेख्य कमी आएको समेत वायुसेवा कम्पनीहरूले जनाएका छन् ।

कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विभिन्न शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङ, भाडा लगायत शुल्कमा हालको विषम परिस्थितिका लागि ५० प्रतिशत बराबर छुट दिन माग गरिएको छ । विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी दर घटाउन समेत वायुसेवा कम्पनीले माग गरेका छन् । वायुसेवा कम्पनीहरूलाई विशेष उद्योगसरह मानी आयकर ऐन अनुसार पाउनुपर्ने २० प्रतिशत बराबर छुटको व्यवस्था गर्नसमेत वायुसेवा कम्पनीले माग गरेका छन् ।

अहिले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीबाट अमेरिकी डलरमा शुल्क उठाइरहेको भन्दै त्यसलाई नेपाली रुपैयाँमा तोक्न समेत माग गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports