kumari
stcnepal

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीको जिम्मेवारी खोई : पूर्व अर्थमन्त्री लोहनी

 

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् । नेपाल को अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको लोहनीले बताएका हुन् ।

आज विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ । अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।

बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिल मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ रहेको छ ।अर्थतन्त्रमा संकट तथ्यांकमा मात्र सिमित रहँदैन। एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ, उनले लेखेका छन् ।

 

 

footer