नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अभिनेत्री उषा समाज सेवामा

806
shares

प्रतिस्पर्धाको जमना छ रंगिन दुनियाँमा, हलका ग्ल्यामरस हुनै पर्ने बिचार बोकेकी नायिका उषा खनाल पछिल्लो समय म्युजिक भिडियोहरुमा ब्यस्त बनेकी छन् भने निर्माणधिन चलचित्र ‘बीर बहादुर’मा अनुवन्ध भएकी छन् ।

छायाँकनरत चलचित्र ‘राजा’ मा काम गरिरहेकी नायिका खनाल दाङ, लमहीकी स्थानिय बासिन्दा हुन् । चलचित्र ‘बीच बाटो’बाट करियर शुरु गरेकी नायिका उषा खनालले चलचित्र ‘खतरनाक’, ‘लाले’, ‘झमेला’, आदि चलचित्रमा आफ्नो अभिनय देखाई सकेकी छन् भने ‘बदलेकी आग’, ‘दि आर्टिष्ट’ नामक भोजपुरी चलचित्रमा पनि उनले काम गरेकी छन् ।

चलचित्र ‘लाले’ र ‘बीच बाटो’बाट त उनले नेशनल अवार्ड हात पार्न सफल भएकी छन् । परिवारको कान्छी छोरी भएर होला सानै देखि चन्चले नक्कली नाच्नगाउँन मनपराउने, मिलनसार स्वभाव, स्पष्ट ब्यवहारका कारण सुटिङ युनिटमा पनि उनको चर्चा हुने गर्छ ।

समाजसेवामा रुचि भएकी खनालले आफ्नो जन्मदिनको अवसर पारेर केही दिन अघि ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई खाना खुवाउनुका साथै अन्य सहयोग गरेकी छन् ।

उनले त्यहाँ रहेका ३५,४० जना मनोरोगी र बालबालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । सुटिङबाट उप्रेको समय विभिन्न समाजिक कार्यमा खर्चने उनको चाहना छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports