विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीति रोकिदियो सर्वोच्च अदालतले

715
shares

 

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो ।

कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा सो नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेको छ । सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिको नीतिविरुद्ध फैसला गरेका थिए ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पु¥याउने बताएका छन् । ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौ ।’ सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports