kumari
stcnepal

१० किलो लागुऔषधी सहित एक महिलालाई पक्राउ

वीरगन्ज । नेपाल–भारत सीमा क्षेत्रबाट पर्सा प्रहरीले १० किलो लागुऔषधी चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवी रहेका छन् ।

उनलाई नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो । रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ ।

footer