सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल : डी ककको विष्फोटक ब्याटिङमा कोलकाताको पहिलो जित

624
shares

क्विन्टन डि कक को विष्फोटक ब्याटिङमा कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ।

आईपीएलमा कोलकताले पहिलो जित दर्ता गरेको दिन राजस्थान रोयल्सले भने लगातार दोस्रो हार व्यहोरेको हो।जितसँगै कोलकता २ अंकमा छैटौँ स्थानमा छ। लगातार दोस्रो हार भोगेको राजस्थान अंक तालिकाको पुछारमा छ।राजस्थान रोयल्सले दिएको १ सय ५२ रनको लक्ष्य कोलकताले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

कोलकताका लागि डि कक ६१ बलमा ८ चौका र ६ छक्का सहयोगमा ९७ रनमा अविजित रहे।एंक्रिस रघुवंशी २२ रनमा नट आउट रहे। अ‍ोपनर मोइन अली ५ रनमा रनआउट भए।कप्तान अजिंके रहाने १८ बलमा क्याच आउट हुन पुगे।त्यसअघि गुहावटीस्थित वर्षपारा क्रिकेट स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो।

राजस्थानका लागि ध्रुव जुरेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओपनर यशस्वी जैसवालले २९ तथा सञ्जु सामसन १३ रन बनाउँदै पेभेलियन फर्के। कप्तान रियान परागले २५ रन थपे। जोफ्रा आर्चर १६ रन बनाउँदा बोल्ड आउट भए।कोलकताका वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवतीले समान २ विकेट झारे।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports