विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले राजावादीहरूले १५ चैतमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति : गृहमन्त्री रमेश लेखक

962
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले राजावादीहरूले १५ चैतमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक, अमानवीय र उच्छुंखल रहेको बताए ।‘घरमाथि मान्छे छ भन्ने थाहा पाउँदा पाउँदै आगो लगाउने काम भयो । व्यक्तिका घरलाई निशाना बनाइयो । निजी र सरकारी सवारीसाधनहरू, उद्योग, व्यापारिक केन्द्रमाथि आक्रमण भयो, आगो लगाउने काम भयो । सुरक्षाकर्मीमाथि गाडी कुदाउनेसम्मको प्रयास भयो । यो सबै नियोजित रूपमा अराजकता फैलाउनका लागि गरिएको थियो,’ बैठकमा गृहमन्त्री लेखकले भने ।तीनकुनेमा भएको कार्यक्रम त्यसै दिन समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको भन्दा विपरीत अमर्यादित, हिंसात्मक, अमानवीय र उत्छृंखल ढंगको रहेको गृहमन्त्रीको भनाइ थियो ।‘नेपालको वर्तमान संविधान उल्टाउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन, समावेशी, समानुपातिक व्यवस्था उल्टाउने उद्देश्यबाट प्ररित थियो । शान्तिपूर्ण रूपमा सरकारलाई आफ्ना विचार धारणा सुनाउन प्रदर्शन आयोजना गरिएको थियो भन्ने सोचियो भने त्यो हाम्रो भ्रम हुनेछ,’ गृहमन्त्रीले भने, ‘सो प्रदर्शनको उद्देश्य नै संविधान उल्टाउने थियो ।’

उनले १५ चैतको हिंसात्मक प्रदर्शनमा ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति, २५ फागुनमा पोखराबाट काठमाडौं आउँदा उनलाई राजावादीहरूले गरेको स्वागत, त्यसपछि हौसिएकाहरूले लगातार दिएको अभिव्यक्तिले पृष्ठभूमिको काम गरेको पनि बताए ।‘७ फागुनका अभिव्यक्ति, २५ फागुनको स्वागतमा आयोजित प्रदर्शन, त्यसपछि २५ गतेको त टेलर मात्र हो, सिनेमा बाँकी छ, नेताहरू लुक्ने ठाउँ खोज्दै गर हामी आउँदैछौं भन्दै लगातार दिइएका अभिव्यक्तिले हिंसात्मक प्रदर्शनको पृष्ठभूमि तयार गरेको छ,’ गृहमन्त्रीले भने ।उनले संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता उपभोग गर्न पाउने, आफ्ना विचार राख्न पाउने र बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुन पाउने ग्यारेन्टी गरेको स्मरण गर्दै नियोजित रूपमै हिंसात्मक प्रदर्शन गरिएकाले त्यस दिन दुःखदायी घटनाहरू भएको बताए । उनले सविन महर्जन र सुरेश रजकको परिवारलाई दश–दश लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेर रकम निकाशाका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यस्तै, सबै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको गृहमन्त्रीले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports