विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महानगरका प्रहरी प्रमुख पाण्डेले प्रशासकीय अधिकृत गुरगाईलाई सलाम ठोक्दै मागे माफी

962
shares

काठमाडौं । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत समक्ष माफी मागेका छन् ।

शुक्रवार प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए । महानगरका एक अधिकारीले भने–आज राम्रोसँग कार्यालय सन्चालन भयो । केही गडबडी हुन्छ कि भनेर हामी विभिन्न कार्यक्षेत्रमा भएका कर्मचारी पनि महानगरपालिकाको कार्यालयमा गएका थियौं । गाडीको ह्वील लक पनि खुलेछ । राजु पाण्डेजीले प्रशासकीय प्रमुखलाई सलाम ठोकेरै अघिल्लो दिनको व्यवहार र आफ्नो बाध्यता सुनाउँदै माफी माग्नुभयो । मेयरको मौखिक आदेशले उहाँ यसअघि पनि अप्ठेरोमा पर्नुभएको थियो,सायद महानगर प्रहरीको संचालन प्रशासकीय अधिकृतको खटनपटनमा हुने कुरा भुल्नुभएको थियो होला ।

उपमेयर सुनिता डंगोलले पाण्डेसँग मेयरको लिखित आदेश मागेपछि उनी रक्षात्मक भइसकेका थिए । महानगर प्रहरी बलको प्रमुख मेयर र उपमेयरप्रति उत्तिकै जवाफदेही हुनुपर्ने डंगोलको भनाइ थियो । त्यसो त प्रशासकीय अधिकृतको मातहमा चल्नुपर्ने पाण्डे मेयरको मात्र मौखिक आदेशमा चल्ने गरेको भन्दै जनप्रतिनिधिले उनीमाथि प्रशासनिक कारवाहीको चेतावनी समेत दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports