विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लिङ्देनको वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी

910
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’

अहिलेको जनता मुर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जिकिर गरे ।‘अब जनता मुर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुठ्ठीमा राख्न सक्दैन,’ लिङ्देनले भने ।

उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरे ।‘विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं,’ लिङ्देनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports