विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धेरै हिरो भएर पत्र नकाटन बालेनलाई राजेन्द्र लिङदेनको आग्रह

741
shares

काठमाडौँको तीनकुनेमा भएको राजवादी प्रदर्शनमा भएको क्षति भराउन भन्दै काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र लेखेकोप्रति राप्रपाले आपत्ति जनाएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार पार्टीले आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई ‘हिरो’ नबन्न चेतावनी दिएका हुन्। ‘बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु। हाम्रो साथीहरूलाई आफैँ सफा गरेर जान आग्रह गर्छु,’ उनले भने, ‘केही पनि फोहोर रहने छैन।’

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनकारीले सडक छेउमा रहेका गमला, फूलसहित धेरै संरचनामा क्षति पुर्‍याएका थिए। त्यसपछि काठमाडौँ महानगरपालिकाले पूर्वराजालाई बिलसहितको पत्र पठाएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports