विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरि झुटा मुद्दा लगायो : कमल थापा

676
shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौँमा भएको घटनाको आवरणमा सरकारले प्रतिसोध साधिरहेको बताएका छन् ।

राप्रपाका नेता रवीन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पुगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरि झुटा मुद्दा लगाएको भन्दै सरकार प्रतिसोधका रूपमा प्रस्तुत भइरहेको बताएका हुन् ।

सबैको बयान सकिएको अवस्थामा पनि वर्तमान सरकारले उनीहरूमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुष्प्रयास गरिरहेको र ४३ दिनदेखि थुनामा राखिरहेको उनले बताए । अध्यक्ष थापाले उक्त घटनामा पक्राउ गरेकालाई छिटो भन्दा छिटो रिहा गर्न माग गरे । चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी नभएको उनले बताए । मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports