विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पौडेललाई गभर्नर बनाउन सरकार सँग काँग्रेसको प्रस्ताव

611
shares

काठमाडौं । नेपाली कांग्रेसले अर्थविद् डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रस्ताव गरेको छ ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम गभर्नरमा अगाडि सारेको स्रोतको भनाइ छ । सभापति देउवाले डा गुणाकर भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रस्ताव गरेका हुन् ।डा पौडेललाई गभर्नर प्रस्ताव गरिएको नेपाली कांग्रेसले पनि पुष्टि गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भट्टलाई गभर्नर बनाउन नसकिएपछि सभापति देउवाले नयाँ नाम दिनुपरेको बताएका छन् ।

डा पौडेल अहिले गभर्नर सिफारिस समितिका सदस्य छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्व अहिले अपूर्ण छ । सो समितिको सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले एक सातअघि नै समितिको बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका थिए । सो समितिले पूर्णता पाएपछि मात्र उनको नाममा छलफल हुनेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports