टी २० विश्वकप एसिया छनोटमा थाइल्याण्ड सँग नेपाल पराजित
वि.सं.२०८२ जेठ ६ मंगलवार १३:१७
shares

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको छ।
नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका सकेका थिए। आजको जितसँगै थाइल्यान्ड एसिया छनोटको विजेता बनेको छ।थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको ८० क्षतिमा रन बनायो।नेपालका लागि कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाए। अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गरेर ह्याट्रिक पूरा गरिन्।मंगलबार विहान टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो।थाइल्यान्डका लागि ओपनर नतायाले अर्धशतक प्रहार गरिन्। उनले ५० रन बनाउने क्रममा ४२ बल खेलेर ५ चौका प्रहार गर्न सफल भइन्।अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन्।


































