सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली राजावादीहरूले नारायणहिटी अगाडि प्रदर्शन गर्ने

559
shares

काठमाडौं । राजसंस्थाको पक्षमा सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ विस्तारै संवेदनशील स्थानहरुमा प्रवेश गर्न थालेको छ । सरकारमाथि दबाब बढाउँदै राजावादीहरुले भोलि नारायणहिटी दरबारकै अगाडि जनप्रदर्शनको तयारी गरेका छन् ।

हिजो पहिलो दिनको आन्दोलन रत्नपार्क केन्द्रित भएको थियो । दोस्रो दिन आज माइतीघरमा सर्यो । भोलि भने नारायणहिटी दरबारको नाकैमा प्रदर्शन गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । आन्दोलन शान्तिपूर्ण नै हुने उनको भनाइ छ ।‘हाम्राे हिंसा भड्काउने रणनीति अहिले छैन, सरकारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेका छौं’, उनले भने ।

नारायणहिटी भित्रै पस्ने योजना त छैन नि भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, ‘अहिले त्यस्तो छैन । हामी शान्तिपूर्ण माध्यमबाटै नविन समझदारीका लागि दवाव दिइरहेका छौं । सरकारले शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरिरह्यो भने चाहिँ हामीले पनि कठोर निर्णय लिनुपर्ने हुन सक्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports