सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो एमालेको भन्दा राजावादीको जुलुस ठुलो देखियो : नेता शेखर कोइराला

533
shares

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीको प्रदर्शनलाई तुलना गर्दै टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले युवाहरूमा आएको नैराश्यताले गर्दा एमालेको भन्दा राजावादीको जुलुसमा धेरै मानिस सहभागी भएको बताएका हुन्।’राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसभन्दा एमालेको जुलुस किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरूमा नैराश्य छ । उनीहरूले बाटो खोजिरहेका छन्,’ उनले भने, ‘उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही चार जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरूको मन जित्न सक्नुपर्छ।’

उनले सरकारले गरेका गलत कामलाई गलत भन्न नसक्दा पनि समस्या आएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उत्तेजित भएकैले आफूले गलत भनेको उनको भनाइ छ । उनले पार्टीको पदाधिकारी बैठकमा आफूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने सोचे पनि आफ्नोबारे चर्चा गरिएको प्रति आपत्ति जनाए ।’मलाई त लागेको थियो, पदाधिकारीको बैठक यी विषय (प्रधानमन्त्रीको अभिव्यक्ति सहित)मा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ, हाँसो लाग्यो,’ उनले भने, ‘ठिकै छ, सहनुपर्छ। राजनीतिमा सहनशीलता हुनुपर्छ। हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ।’

ओलीले केही दिनअघि पार्टीको कार्यक्रममा जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्ने र त्यहीअनुसार तयारी गर्न भन्दै निर्देशन दिएका थिए। नेता कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको पनि बताए।’अब एकपटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने, ‘हामीले गलत काम नगरौँ, सही काम गर्न सक्दैनौँ भने चुप लागेर घरमा बसौँ। तर, गलत काम नगरौँ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports