सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१५ दिन अधिनै नेपालमा भित्रियो मनसुन

585
shares

काठमाडौं । नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएरातिबाट मनसुन प्रवेश गरेको हो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश क्षेत्रमा विस्तार भएको पनि विभागले जानकारी गराएको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ ।यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुनेगरेको छ ।

यो वर्ष भने सरदरभन्दा १५ दिन अगार्व भित्रिएको विभागले शुक्रबार दिउँसो ३ बजे जारी गरेको बुलेटिनमा जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports