सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारबाट सरुवा भएका डीआईजी श्रेष्ठको सरुवा केही घण्टा मै रोकियो

533
shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) हिमालयकुमार श्रेष्ठको सरूवा केही घन्टामै रोकिएको छ।

शुक्रबार दिउँसो साढे ३ बजेतिर नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा तीनवटा सूची प्रकाशन गरिएका थिए। ती सूची नेपाल प्रहरीको फेसबुक पेजमा पनि सेयर गरिएका थिए। एआइजी सिद्धिबिक्रम शाहको कार्य विभाग नक्सालमा पदस्थापन भएकोबारे ७२८१ चलानी नम्बरको सूचना प्रकाशन भएको थियो। त्यसपछि चलानी नम्बर ७२८२ रहेको अर्को सूचनामा एक जना डिआइजीको मात्र सरूवा सूची निकालिएको थियो। त्यसमा अख्तियारस्थित प्रहरी महाशाखा प्रमुख रहेका हिमालयकुमार श्रेष्ठ थिए। उनलाई त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको थियो।

त्यसपछि ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएकाहरूको पदस्थापनको सूची निकालिएको थियो। चलानी नम्बर ७२८३ रहेको सूचीमा ओमबहादुर रानाको अख्तियारमा पदस्थापन भएको उल्लेख थियो। उनी एसएसपी हुँदा पनि त्यहीँ कार्यरत थिए।हिमालयकुमार डिआइजीमा बढुवा भएसँगै मंसिर २७ गते अख्तियारमा पदस्थापन भएका थिए। उनीसँगै बढुवा भएका सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र डम्बरबहादुर विकको गत वैशाख २१ गते सरूवा भएको थियो। सँगै बढुवा भएका सिद्धिबिक्रमले भने एआइजीको फुली लगाए।

गृह स्रोतका अनुसार डिआइजी हिमालयले पनि सरूवा माग गरिरहेका थिए। त्यसअनुसार नै ६ महिनामा त्यहाँबाट सरूवा गरिएको थियो। तर सूचना निकालिएको केही घन्टामै सच्याएर उनलाई अख्तियारमै राखिएको स्रोतले जानकारी दियो।‘माग गरेअनुसार नै सरूवा गरिएको हो। तर अहिलेको आवश्यकता त्यहीँ देखिएकाले करेक्सन भएको हो,’ गृह स्रोतले भन्यो।नेपाल प्रहरीको फेसबुक पेजबाट पनि डिआइजीको पदस्थापन र डिआइजी श्रेष्ठलाई सरूवा गरिएको सूची हटाइएको छ। बेवसाइटमा भने अझै पनि सूची समावेश छन्। रानाको भने काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ।यसबारे नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले पनि पुष्टि गरेका छन्।

‘हिमालय कुमारलाई त्यहीँ राखिएको हो। सरूवा प्रक्रियामै थियो, कार्यान्वयन नभइसकेकाले त्यहीँ राखिएको हो। ओम रानालाई काठमाडौं रानीपोखरीमा पठाइएको छ,’ उनले भने।अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेको छ। अध्यागमन कर्मचारीको सेटिङमा म्यानपावर व्यवसायीसँग मिलेर भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरेको खुलेपछि अख्तियारले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो। अध्यागन प्रमुख रहेका तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा समेत लिएको थियो। तर उनलाई केही बेरमै अख्तियारले छाडेको थियो। उनको मोबाइल लगायत कागजात भने नियन्त्रणमा लिएर अख्तियारले छानबिन गरिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports