सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सात सहसचिवको सरुवा , चार जिल्लाका सिडियो फेरियो

637
shares

काठमाडौं । गृह मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ । उनीहरूको यही जेठ १६ गते सरुवा भए पनि आज (आइतबार) सरुवाको पत्र थमाइएको हो। मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव छवि रिजालका अनुसार बर्दिया, कास्की, धनुषा र पाँचथरमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाइएको छ।

बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालय पठाइएको जानकारी रिजालले दिए। उनका अनुसार कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ। बर्दियामा भने मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई सीडीओ बनाएर पठाइएको छ। सहसचिव रिजालका अनुसार धनुषाका सीडीओ रामुराज कडरियालाई मन्त्रालयमा तानिएको छ।

उक्त ठाउँमा सुर्खेतबाट केही दिनअघि मात्रै मन्त्रालय तानिएका शंकरहरि आचार्यलाई सीडीओ बनाएर पठाइएको छ। खाली रहेको पाँचथरको सीडीओमा मन्त्रालयकै सहसचिव अरुण पोखरेललाई पठाइएको रिजालले जानकारी दिए । पाँचथरका सीडीओ विष्णुप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत बनाइएपछि पाँचथरको सीडीओ पद रिक्त थियो। अध्यागमन प्रमुख रहेका तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको थाहा पाएपछि गत ७ जेठमा उनलाई हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको थियो। सरुवा भएलगत्तै अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports