सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका सांसद दीपक सिंह पक्राउ

533
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह पनि पक्राउ परेका छन् ।

राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डामा चलिरहेको आन्दोलनको क्रममा आइतबार प्रहरीले सांसद सिंहलाई पक्राउ गरेको हो ।सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा सहित सात जनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports