खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबिच भेट, समसामयिक राजनीतिबारे छलफल
वि.सं.२०८२ साउन १ बिहीवार १७:५३
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा भेट भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार समसामयिक राजनीतिबारे छलफल भएको छ । पछिल्लो समय सत्ता गठबन्धनबिच विवाद चर्किरहेको बेला प्रचण्ड र कोइरालाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘प्रचण्डसँग खुमलटारमा भेट भएको हो । समसामयिक राजनीतिबारे छलफल भएको हो’, उनले भने ।





































