झलनाथले नैतिकताका आधारमा पार्टी छोडेर गए हुन्छ : माधव नेपाल
वि.सं.२०८२ साउन १६ शुक्रवार २१:२६
shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
खनालले एमाले विभाजन गर्नु गल्ती भएको अभिव्यक्ति दिएपछि विराटनगर पुगेका अध्यक्ष नेपालले पार्टी छोड्न आग्रह गरेका हुन् ।खनालले दिएको अभिव्यक्ति पार्टीको नीति विपरीत भएको उनले बताए ।उनले भने, ‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकताको आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ ।






































