सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओलीले भोली सोमबार रूसी राष्ट्रपति पुटिनसँग भेट गर्ने

494
shares

काठमाडौं । शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा सोमबार साँझ ६: ४५ देखि ७:१५ सम्मका लागि भेटको समय तय भएको छ । सोमबार नै ओलीले सम्मेलनमा सम्बोधन गर्नेछन् । सम्बोधन पछि उनले रुसका राष्ट्रपतिलाई भेट्नेछन् । रुस-युक्रेन युद्धका क्रममा रुसले नेपाली नागरिकलाई सैनिकको रुपमा प्रयोग गरेको थियो । रुसी सेनामा भर्ति भएर युद्धमा ज्यान गुमाउनेहरूले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । अहिले भर्ति बन्द भएपनि मृतकका परिवारहरूले क्षतिपूर्तिको माग गरिरहेका छन् । रुससँगको अहिले यो मुद्दा समेत रहेका बेला राष्ट्रपति पुटिनसँग भेट हुन लागेको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको समय भने अझै टुंगो छैन । ओलीले मोदीसँग पनि भेट्ने तयारी गरेका छन् ।ओलीका अरु भेटघाटको करिब सेड्युल आइसकेको छ । सेड्युल अनुसार नै उनले शनिबारदेखि नै भेटघाट गरिरहेका छन् । मोदीको भने सेड्युलमा आइपुगेको छैन । प्रधानमन्त्री केपी ओलीले शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीयय भेट गरेका थिए । उक्त भेटमा नेपालको लिपुलेकको भूमिबाट भारत र चीनले व्यापार गर्ने सहमतिप्रति आपत्ति जनाएका थिए ।

यो सहमतिबारे ओलीले मोदीसँग पनि साइडलाइनमा भेटेर कुराकानी गर्ने तयारी गरेका छन् । यसै महिनाको अन्त्यमा औपचारिक भ्रमणमा ओली भारत जाँदैछन् ।त्यो भ्रमण अघि नै एससिओको सम्मेलनमा पनि मोदीसँग उनले भेट्ने कोसिस गरेका हुन् । ओलीले सोमबार बिहान क्याम्बोडियाका राष्ट्रपति हुन मानेटसँग भेट गर्नेछन् । प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री मिन चिङसँग भेट गरिसकेका छन् । आजै उनको मालदिभ्सका राष्ट्रपति मोहम्मद मइजुसँग भेट गरेपछि राष्ट्रपति सी चिनफिङले दिने गाला डिनरमा सहभागी हुने कार्यक्रम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports