सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारसँग वार्ता गर्न राप्रपाद्वारा तीन सदस्यीय टोली गठन

702
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

राप्रपाले वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापासहितको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपालाई पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा बस्न आग्रह गरेका थिए ।

सरकार र राप्रपाबीच मंगलबार दिउँसाे १ बजे सिंहदरबारमा वार्ता हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports