सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

689
shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ। यस बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरको जनाएको छ।

सोही अवधिभित्र एक अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा र एक अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकको सञ्चालन र खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ४.०२ र ५.९१ प्रतिशतले बढी हो।

बैंकले वार्षिकोत्सवको अवसरमा बैंकिङ चेतना जगाउने उद्देश्यले प्रभातफेरी पनि गरेको जनाएको छ। प्रभातफेरीमा करिब तीन सय ५० सिटिजन्सकर्मीको सहभागिता रहेको बताइएको छ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका थिए। सो अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports