२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित

715
shares

काठमाडौँ । नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुने नेपाल–भारत साहित्य महोत्सव कोभिड महामारीका कारण स्थगित भएको छ । आगामी फेब्रुअरी २६ देखि २८ सम्म आयोजना गर्ने भनिएको उक्त साहित्य सम्मेलन परिस्थिति सहज भएपछि सञ्चालन गरिने महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली जानकारी दिए ।

उनले भने, “मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा.विजय पण्डितसहितको संयुक्त बैठकले हाललाई उक्त महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो तर त्यसको तयारी भने रोकिने छैन ।”

महोत्सवका अवसरमा लोकार्पण गरिने स्मारिकालगायतका कामहरु सुचारु रहने महोत्सवका सहसंयोजक नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरुको तयारी पनि जारी रहेको सदस्य प्रमोद प्रधानले जानकारी दिए ।

उक्त साहित्यिक महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवं संस्कृतिकर्मीसँग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, सांस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायतका कार्यक्रम हुनेगर्छ ।यस सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता रहने र नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुने संयोजक लेकालीले जानकारी दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports