kumari
stcnepal

निर्वाचन आयोगले स्थानीय तहको चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौँ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।

सम्भवतः समय मिल्यो भने आजै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेट्नुहुनेछ,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘आयोगले पटक–पटक सरकारको ध्यानाकर्षण गरिसकेको छ, जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्छ र त्यसका लागि तत्कालै मिति तोकिनुपर्छ ।’

निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै वैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ ।

footer