विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले स्थानीय तहको चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

585
shares

काठमाडौँ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।

सम्भवतः समय मिल्यो भने आजै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेट्नुहुनेछ,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘आयोगले पटक–पटक सरकारको ध्यानाकर्षण गरिसकेको छ, जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्छ र त्यसका लागि तत्कालै मिति तोकिनुपर्छ ।’

निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै वैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports