विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरु बीच महत्वपूर्ण छलफल हुने आजै ४ बजे भेटको समय तोकियो

689
shares

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीहरुलाई बालुवाटारमा डाक्नुभएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगका पदाधिकारीलाई बोलाइएको छ ।

दिउँसो ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा छलफल बोलाइएको छ । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न संविधान र ऐनमा अस्पष्टता देखिएको भन्दै ऐन संशोधनको प्रक्रियामा लागेको छ । तर, विपक्षी एमालेले भने कुनै हालतमा आगामी बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ । यता निर्वाचन आयोगले पनि पटक पटक निर्वाचन ऐेनबमोजम बैशाखमै निर्वाचन गर्नुपर्ने भन्दै सरकारमाथि मनोवैज्ञानिक दबाब दिँदै आएको छ ।

आज प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरु बीच हुने छलफलले चुनाव कहिले हुन्छ भन्ने एकीन गर्न सकिने अवस्था देखिएको छ । आयोगले यस अघि पटक÷ पटक निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेपनि सरकारले वेवास्ता गर्दै आएको थियो । त्यहि कारण आज हुने भेटघाटलाई महत्वूर्ण मानिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports