सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेयर बजारमा तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै कारोबार स्थगित

676
shares

काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । दिनभर बजार ६ प्रतिशत घट्यो ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ : २३ बजे नै दोस्रो सर्किट ब्रेक लाग्यो ।दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भयो ।

६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिब ४ मिनेट मात्रै कारोबार भयाे । ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भयाे ।व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८ प्रतिशत घटे । अन्य समूहमा दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा पर्दछन् ।

यी कम्पनीको मूल्यमा बिहीबार भारी गिरावट आएसँगै समूहमा उच्च प्रभाव देखियो । बैंकिङ ५.५२, विकास बैंक ५.१३, फाइनान्स ४.५२, हाइड्रोपावर ५.४०, जीवन बीमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, माइक्रोफाइनान्स ४.०८ र निर्जीवन बीमा ५.४२ प्रतिशत घटे ।१६ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । १० प्रतिशत मूल्य घटेका कम्पनी विभिन्न सेक्टरका छन् । सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत घट्यो ।

ती बाहेक उन्नति सहकार्य लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिनर्जी पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत घट्यो ।सप्तकोशी विकास बैंक, चन्द्रागिरि हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, नेसनल हाइड्रोपावर र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत (९.९ प्रतिशतभन्दा धेरै) घट्यो ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स, बेस्ट फाइनान्स, ओरियन्टल होटल, आँखुखोला जलविद्युत्, विशाल बजार कम्पनी, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स, अपी पावर, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर, सान्भी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, बुटवल पावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरै घट्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports