सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख देवराज घिमिरे

637
shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।

संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।उनले अगाडि भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’

अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने बताए ।व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नु पर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports