सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको जेन-जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी

845
shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन-जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन्।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।ओलीले आफ्नो स्टाटसमा भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’

उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।संविधानको रक्षा र देशको सार्वभौमसत्ता माथि भइरहेको आक्रमण विरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।ओलीले हालैका घटनाहरूमा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिए। उनले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको बताए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports