सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु

533
shares

काठमाडौँ । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरू बिदा भइसकेका छन् । विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरूको बसपार्कमा चहलपहल बढेको हो ।

गएका वर्षहरूमा यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यस वर्ष दसैँको टीका असोजको १६ गते रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports