सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकारलाई धम्की दिने एमाले नेता महेश बस्नेत लगायतलाई कारबाही गर्न नेपाल पत्रकार महासंघको माग

832
shares

काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्ने तलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ ।

‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।  विज्ञप्तिमा बस्नेत स्वयम् र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports