असोज २० गतेसम्म रातको समयमा आवतजावत नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
वि.सं.२०८२ असोज १७ शुक्रवार २०:०१
shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज २० गतेसम्म भारी वर्षा र विपदजन्य जोखिमको सूचना रहेको भन्दै रातको समयमा काठमाडौं आवतजावत नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तीन दिनसम्म सतर्कता र सावधानी अपनाउ र जरुरी नभई लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ ।काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरूले रातको समयमा यात्रा नगर्न समेत सूचित गरेको छ ।
प्रशासनले आपत्कालीन समयका लागि केही नम्बर समेत सबैको लागि सार्वजनिक गरेको छ ।



































