विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्तरिक हवाई भाडा सार्वजनिक

780
shares

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ ।यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।प्राधिकरणले दशैंको टीकाको दिन अर्थात् असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर यस्तो छ–

काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ

काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ

काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ

काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ

काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ

काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ

काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ

काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ

काठमाडौं–राजविराज : ८ हजार २१० रुपैयाँ

काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports