कप्तान इन्दु महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनिन्
वि.सं.२०८२ असोज २१ मंगलवार १२:३५
shares

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो ।उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ ।
उनीभन्दा पछाडि सीता रानामगरको ६३ इनिङमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ इनिङमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।१८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ को छ ।




































