सरकारले बाढीपहिरोले घर गुमाएका परिवारलाई अस्थायी बसोवासको ब्यबस्था गर्ने
वि.सं.२०८२ असोज २१ मंगलवार १५:५२
shares

काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले सो निर्णय गरेको जानकारी गराएको हो ।
सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।




































