नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थानहरू तोक्यो

689
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थानहरू तोकेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला बिक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो ।तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ ।महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला बिक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै बिक्री गर्न पाइनेछ ।

महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ । महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरू मात्र बिक्री गरिनेछन् ।विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

पाण्डेकाअनुसार महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर, शंखमूलको बिग मार्ट, नयाँ बानेश्वरको आई प्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेको तीनकुने चौर, सिफलको सिफल चौर, चाबहिलको एसपी कम्लेक्स, गणेशस्थानको तरकारी बजार, केयल टावर अगाडि र चाबहिल सेन्टर अगाडि, स्वयम्भूको धर्मचौक पार्कमा फूलमाला बिक्री गर्न पाइन्छ ।यसैगरी कालीमाटीको कालीमाटी ब्याङ्क्यूट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डोमा फूलमाला बिक्री गर्न पाइनेछ ।

यसैगरी हाँडीगाउँस्थित वडा नम्बर ५ अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुसीको कोइराला स्मार्ट, सामाखुसी, महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्ट, कामलादीको आईटी बिल्डिङ, पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर, सुन्धारास्थित काठमाडौं महल, वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय निर्माण स्थल र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा बिक्री वितरण केन्द्र तोकिएको पाण्डेले बताए ।उनले अवैध रूपमा विदेशी फूलमाला ल्याइ बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह समेत गरे । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गरे ।

उनले भने, ‘नेपाली किसानहरुलाई प्रोत्साहन गर्नका लागि म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु । हाम्रो उत्पादनलाई चाहीँ हामी आत्मनिर्भर हुनुपर्दछ र हाम्रो उत्पादनलाई प्रयोग गर्नुपर्छ । खोजी खोजी हाम्रो नेपाली फूलहरु कुन कस्ता प्रकृतिका छन् भन्ने हिसावले सबैले चिन्न सकिने अवस्था छ र कुनै कन्फ्युजन भएमा र कहीँ कतै त्यस्तो अवैध रुपमा आयातित भएका फूलहरु भेटिएको खण्डमा, विक्री भएको भेटिएमा हामीलाई सूचना दिन पनि अनुरोध गर्न चहन्छु ।’पाण्डेले छिमेकी मुलुकबाट आएका अवैध फूलहरू बिक्री गरेको पाइए विगतझैँ यो वर्ष पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports