नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभरै बाट बाहिरियो मनसुन, बर्षा सकियो

923
shares

मनसुन पूरै नेपालबाट बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ सूचना जारी गरी मनसुन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको हो।योसँगै नेपालमा औपचारिक रूपमा बर्खायामको अन्त्य भएको छ भने पोस्ट-मनसुन सिजन सुरु भएको छ।

यस वर्ष नेपालमा मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै प्रवेश गरेको थियो। यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा ८ दिन ढिला आज असोज २४ गते अर्थात् अक्टोबर १० तारिख मनसुन नेपालबाट बाहिरिएको हो।यसअघि असोज २० गते मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मात्र हटेको थियो।

आज मनसुन पूर्ण रूपमा बाहिरिएसँगै नेपालमा पोस्ट-मनसुन सिजन सुरु भएको छ। मौसमविद्का अनुसार पोस्ट-मनसुन लाग्नु भनेको मौसम हिउँदतर्फ ढल्किनु हो। यो सिजन यही अक्टोबर र नोभेम्बर महिनासम्म रहन्छ। डिसेम्बरदेखि भने पूर्ण रूपमा हिउँदयाम अर्थात् विन्टर सिजन लाग्छ। ‘विन्टर’ ३ महिना- डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ। त्यसपछि प्रि-मनसुन सुरु हुन्छ र यो पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। प्रि-मनसुन सकिएपछि फेरि मनसुन सुरु हुन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports