जापानलाई पराजित गर्दै नेपाल सुपर ६ मा
वि.सं.२०८२ असोज २४ शुक्रवार २०:४५
shares

काठमाडौं । जापानलाई पराजित गर्दै नेपाल आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनौटको सुपर ६ मा प्रवेश गरेको छ ।
नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको हो । आज भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको हो ।
ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक प्राप्त गरेको छ। जापान भने अंक विहिन रुपमा सुपर सिक्स खेल्नेछ।





































