नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेस भित्र इतर समूहका नेता डा. कोइरालाको समूह विशेष महाधिवेशनको विपक्षमा

689
shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र इतर समूहका नेता डा. शेखर कोइरालाको समूह विशेष महाधिवेशनको विपक्षमा देखिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग गर्न आवश्यक पर्ने हस्ताक्षर जुटाइसकेको र डा. शेखर कोइराला समूह पनि आफूहरूको समर्थनमा रहेको बताइरहेको बेलामा कोइरालासहित नेताहरूले भने त्यसको प्रतिवाद गरेका छन् । साथै आफू निकटका नेताहरूलाई त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् ।डा. कोइराला निकट केन्द्रीय सदस्य सञ्जय गौतमले भविष्यमा पार्टीलाई फुटको संघारसम्म लैजान सक्ने विशेष महाधिवेशनको पक्षमा आफूहरू नरहेको बताए । ‘विशेष महाधिवेशनले तत्कालै पार्टीमा विग्रह ल्याउँछ । भविष्यमा पार्टीलाई फुटको संघारसम्म लैजान्छ । यस्तो कामको पक्षमा हामी छैनौँ,’ गौतमले  भने, ‘हामी विधि र प्रक्रिया पुर्‍याएर मंसिरमा नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा छौँ ।’

गौतमले विशेष महाधिवेशनको पक्षमा शेखर समूहका नेताहरूले पनि हस्ताक्षर गरिरहेका छन् भनेर भ्रम फैलाइएको र कसैले पनि हस्ताक्षर नगरेको बताए । ‘बाहिर कता कता हाम्रो समूहका नेताले पनि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको कुरा आइरहेको छ, त्यसमा एक रत्ति पनि सत्यता छैन,’ गौतमले भने, ‘म नेता कार्यकर्तालाई यो भ्रममा नपर्न आग्रह गर्दछु ।’बिहीबार बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा डा. शेखर कोइरालाले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए । ‘मैले दुई वर्ष पहिलादेखि २०८२ मंसिरभित्र १५ औँ महाधिवेशन गरौँ भन्दै आएको हुँ । अहिले परिस्थितिले हामीलाई त्यही विन्दुमा पुर्‍याएको छ,’ डा. कोइरालाले बैठकमा भनेका थिए, ‘तसर्थ विधानले तोकेको समय चार वर्ष मंसिरमा सकिन्छ । म्याद नथपी विधिसम्मत तरिकाले नियमित महाधिवेशन गर्नुपर्छ ।’कोइरालानिकट केन्द्रीय सदस्य प्राडा. गोविन्दराज पोखरेलले पनि मंसिरमा नियमित महाधिवेशन गर्ने कार्यतालिका नै सार्वजनिक गरेका छन् । पाँच बुँदामा कुन बेला के गर्ने भन्ने विषय उल्लेख गरेका छन् ।

‘हामीले चाहे सकिन्छ’ भन्ने शीर्षकमा डा. पोखरेलले सार्वजनिक गरेका पाँच बुँदा यस्ता छन् ।

१. क्रियाशीलल सदस्यको प्रक्रिया चाँडो टुंग्याउन अहिलेको क्रियाशील सदस्यबारे गठन गरेको समितिमा थप १५ जना राखौँ र सबैलाई प्रदेशअनुसार जिम्मा दिआँै ।
२. केन्द्रीय समितिले १४ का सबै क्रियाशीलको नवीकरण भएको निर्णय गराऔँ र क्युआर कोड बनाएर एक हप्ताभित्र तोकेको दस्तुर तिर्नेजतिको नवीकरण भयो भनौँ ।
३. ⁠कार्तिक १०–२० सम्म प्रत्येक वार्डमा कम्तीमा १०० जना पुग्नेगरी वा धेरै भएका ठाउमा २० प्रतिशत नयाँ थप्नेगरी अनलाइन रजिस्टर गर्न भनौँ । १२–१५ कात्तिकमा हरेक वडामा नयाँ क्रियाशील अभियान र पुराना छुट नवीकरण गर्न भनौँ ।
४. ⁠कार्तिक २० मसान्तसम्म सबै क्रियाशीलको विवाद जिल्ला प्रदेश र केन्द्रको समितिले समन्वय गरी निर्णय गरौँ र टुंग्याऔँ ।
५. ⁠१३औँमा जस्तै मंसिर ३ बाट वडामा सुरु गरेर २० गतेसम्म सबै जिल्लामा क्रियाशीलको विवाद टुंग्याऔँ । मंसिर २५ मा उद्घाटन र २७ मा प्रदेश र केन्द्रको एकै दिन निर्वाचन गराऔँ । सबै महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ नओसारी प्रदेशको केन्द्रमा मत खसाल्ने वातावरण बनाऔँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports