नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तान र अफगानिस्तान बीचमा वार्ता गर्न चीनको अपिल

663
shares

चीनले सोमबार पाकिस्तान र अफगानिस्तानलाई संयम अपनाउन र वार्तामार्फत आपसी समस्या समाधान गर्न अपिल गरेको छ।

गत शनिबार राति पाकिस्तान-अफगानिस्तान सीमामा सुरक्षा बलबीच झडप भएको छ।पाकिस्तान र अफगानिस्तान दुवै चीनका छिमेकी हुन् र उनीहरूसँग घनिष्ठ सम्बन्ध राख्छ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मिडिया ब्रिफिङमा दुई देश सधैँ छिमेकी भएको र रहने बताए।

उनले भने, ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु, आर्थिक र सामाजिक विकास अगाडि बढाउनु र आतंकवादसँग लड्नु दुवै पक्षका लागि महत्त्वपूर्ण छ।’चिनियाँ विदेश मन्त्रालयले दुवै देशले आफ्नो व्यापक हितलाई ध्यानमा राख्दै संयम अपनाउने आशा व्यक्त गरेको छ।लिन जियानले भने, ‘चीन पाकिस्तान-अफगानिस्तान सम्बन्ध सुधार गर्न सकारात्मक भूमिका खेल्न तयार छ।’

शनिबार राति अफगानिस्तानले पाकिस्तानमा आक्रमण गर्दा ५८ जना पाकिस्तानी सैनिक मारिएको दाबी तालिबानले गरेको छ भने पाकिस्तान स्वयंले चाहिँ २३ सैनिक मारिएको र २९ घाइते भएको बताएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports