तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय चुनावको मिति आयोगको परामर्शमा तोकौं : शेखर कोइराला

520
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्। लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले स्थानीय तह निर्वाचन कुनै बहानामा पछि सार्न नहुने उनले बताएका छन्।

सरकारले निर्वाचनका विषयमा छिटै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने उनले बताए। आज विराटनगरस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरेका थिए।

गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ,’ उनले भने। साथै कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका नेताहरूलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports