तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतबाट ल्याएर काठमाडौंमा मदिराको अवैध कारोबार गर्ने पक्राउ

702
shares

काठमाडौं । भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

३९ वर्षीय बख्रेलसहित काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका–९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।

भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका मदिरा चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौंको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचार लाख बराबर रहेको प्रहरीले जनाएको छ ।

बरामद भएका मदिराको गुणस्तर परीक्षणका लागि अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।अनुसन्धानको क्रममा बख्रेलको याजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्रान्डका मदिरा नेपालमा बिक्री वितरण गर्ने पाइएको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports