भारतको राजधानी नयाँ दिल्लीमा भएको बिस्फोटमा परि निधन हुनेको संख्या १० पुग्यो
वि.सं.२०८२ कात्तिक २५ मंगलवार ०७:२०
shares

काठमाडौं । भारतको दिल्लीमा विष्फोट हुँदा मृत्यु हुनेको संख्या दश पुगेको छ ।
सोमबार साँझ दिल्लीको लालकिल्ला नजिकै पार्क गरिएको एउटा कारमा विष्फोट हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको हो । विष्फोटमा परेर २४ घाइते भएका छन् ।प्रत्यक्षदर्शीहरूका अनुसार, केही क्षणमै गाडी आगोको ठूलो गोला बनेको थियो र त्यसबाट उठेका ज्वालाहरूले छेउमै पार्क गरिएका करिब सातदेखि आठवटा अन्य गाडीहरूलाई समेत आगोको लप्कामा तानेको थियो ।
दिल्ली प्रहरीका टोलीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। हालसम्म कुनै विष्फोटक पदार्थ प्रयोग गरिएको हो वा अन्य कारण विष्फोट भएको भन्नेबारे स्पष्ट हुन बाँकी छ।
































