सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

1.65K
shares

काठमाडौं । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मङ्सिर १ गतेदेखि सुरु हुने छ ।

सुरुमा उत्पादनमूलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । कृषि तथा पशुपालन क्षेत्रतर्फको परीक्षाको सूचना यो परीक्षा सकिए पछि सार्वजनिक गर्ने शाखाले जानकारी दिएको छ ।रोजगार अनुमति प्रणाली ९ईपीएस०अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ ।शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय उत्तीर्ण हुने अनुमान गरिएको छ ।

तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने शाखाले जानकारी दिएको छ ।दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports