सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकले ल्यायो ‘गोल बेस्ड सेभिङ ‘ योजना

1.48K
shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ ।

यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।‘ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्’ बैंकले भनेको छ ‘यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।’

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक बचत गर्नुपर्ने रकम, पाउने ब्याजदर र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक राख्ने विकल्प ग्राहकले छनोट गर्न सक्नेछन् । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न सक्नेछन् ।

उक्त योजनामा राउन्डअप सेभिङको सुविधा पनि छ । राउन्डअप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् । यस राउन्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन् । यो सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरुप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् ।

साथै विकल्पहरू पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्नेछन् । नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा उक्त निर्धारित लक्ष्य योजनामा निश्चित रकम बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनोट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् ।

साथै उक्त योजनामा आवद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नेछन् । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ । आफ्नो ‘गोल बेस्ड सेभिङ’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत् हेर्न सक्ने सुविधा छ ।ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेस्ट बैंकको रूपमा सम्मानित बैंक हो ।

यस बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports