सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलनमा पोखरामा विध्वंश मचाएको आरोपमा रास्वपाका कार्यकर्ता पक्राउ

1.9K
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न रास्वपाका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अभिमन्यु पाण्डे रहेको कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए ।

प्रहरीका अनसार उनी माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने तथा पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउने र व्यवसायी बिन्दु थापाको घरमा अगजनी गर्नेसम्मको भूमिकामा सक्रिय थिए ।

पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष समेत रहेका उनी संस्थाको रकम अपचलन गरेपछि प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् । उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए । उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports