नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्यो
वि.सं.२०८२ मंसिर ७ आइतवार १५:२४
shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’ पौडेलले भने ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले बताए ।कांग्रेसले हिजोमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।




































