काठमाडौंको गैरीगाउँको काठ गोदाममा भिषण आगलागी
वि.सं.२०८२ पुस २२ मंगलवार १६:१४
shares
fire isolated over black background
काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ।
मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।‘घरबाट सल्किएको हुनसक्छ। छेउमा काठ र फर्निचरको गोदाम पनि छ,’ उनले भने।
दमकल अहिले घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास भइरहेको छ।































